आलुतामा

INGREDIENTS
आवश्यक सामग्री

आलु उसिनेको २००- ग्राम

तामा १०० ग्राम

बोडी उसिनेको ५० ग्राम

सुकेको प्याज चप ५० ग्राम

हरियो धनिया चप २ ठुलो चम्चा

अदुवा लसुन १ ठुलो चम्चा

नुन खुर्सानीको धुलो बेसार, जिरा धुलो , गरम मसाला र तेल आवश्यकता अनुसार।



METHOD
बनाउने तरिका

उसिनेको आलुलाई सानो सानो टुक्रामा काट्ने

कराईमा तेल तताउने र प्याज फुराउने

प्याज खैरो भएपछि काटेको आलु र बोडी राखी बेसार हाल्ने

२-३ मिनेटपछि अदुवा लसुन, नुन, खुर्सानीको धुलो, जिरा धुलो, गरम मसाला हाली चलाउने र सुख्खा भएपछि अलिकति पानी हाल्ने अनि केहि समयपछि काटेको तामा, धनिया र आवश्यकता अनुसार पानी हाली १५-२० मिनेट पकाउने ।

Comments